आइतबार, भाद्र २८ गते २०८३
images

पुलिसद्वारा प्रदेश नं १ पराजित

एक्सप्रेस पाना
माघ ३, २०७८ सोमबार
  • 185
    SHARES
  • पुलिसद्वारा प्रदेश नं १ पराजित

    माघ ३ काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ ।

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो । 

    पुलिसले जितका लागि १०२ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य पुलिसले १३ दशमलव एक ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४४ रनको योगदान दिए । भुर्तेलले २८ बल खेल्दै तीन चौका र तीन छक्का प्रहार गरे । त्यसै गरी अनिल साहले २६ तथा दीपेन्द्रसिंह ऐरीले २० रन बनाए ।

    images

    बलिङतर्फ प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले ११ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । प्रदेश १ का लागि मिनास थापाले सर्वाधिक ५९ रनको योगदान दिए । श्रवण यादवले १० रन बनाए । बलिङतर्फ पुलिसका आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र मञ्जीत श्रेष्ठले २२ तथा करण केसी र सागर ढकालले ११ विकेट लिए ।

    जितसँगै पुलिस समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त समूहमा चारवटै खेलमा जित निकाल्दै पुलिसले ८ अङ्क जोड्यो । समूह ‘ए’ मा रहेको त्रिभुवन आर्मी क्लबले चार खेलबाट ६ अङ्क जोडेको छ । आर्मीले दुई खेलमा जित तथा एउटामा प्रदेश १ सँग अङ्क बाँडेको थियो । आर्मी सो समूहबाट उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । सोही समूहमा रहेको सुदूरपश्चिम प्रदेशले चार, कर्णाली प्रदेशले दुई तथा प्रदेश नं १ अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरिएका छन् ।