आइतबार, भाद्र २८ गते २०८३
images

राखेपमा मुख्य प्रशिक्षकको विवाद चर्कियो : छानबिन गर्न लाखेको नेतृत्वमा समिति गठन

एक्सप्रेस पाना
श्रावण १९, २०७८ मंगलबार
  • 391
    SHARES
  • राखेपमा मुख्य प्रशिक्षकको विवाद चर्कियो : छानबिन गर्न लाखेको नेतृत्वमा समिति गठन

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् राखेपले छानबिन समिति गठन गरेको छ। अखिल नेपाल फुटबल संघ एन्फा का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद सुल्झाउन छानबिन समिति गठन गरेको हो।

    images

    उक्त विवादको छानबिन गर्न राखेपको कार्यकारी समितिको बैठकले बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा मंगलबार सात सदस्यीय समिति गठन गरेको हो। समितिमा रेनुका नगरकोटी, सुर्वण श्रेष्ठ, चन्द्रवन्दना राई, अर्जुन विक, नारायण अर्याल र सरोज पोखरेल सदस्य छन्। राखेपले समितिलाई सात दिनभित्र छानबिनको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

    एन्फाले मुख्य प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्षबीचको विवाद छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको थियो। मन्त्रालयले सोमबार राखेपलाई छानबिनका लागि निर्देशन दिएको थियो। उक्त निर्देशनपछि राखेपले छानबिन समिति गठन गरेको हो।

    images