एजेन्सी । चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ। मानवीय सहायतास्वरुप पठाएको चामल आइतबार सिरियाले प्राप्त गरेको हो।
सिरियामा पछिल्लो समयमा द्वन्द्व तथा खडेरीका कारणले खाद्य संकट परेको बताइएको छ। त्यसैले चीनले यसअघि पनि सिरियालाई खाद्यान्न सहयोग गर्दै आएको छ। पछिल्लो समयमा ४ हजार टन चामल पठाएको र सिरियाको राजधानी दमासकसमा उक्त चामल प्रदान गरिएको थियो।
आइबार दमासकसमा आयोजना गरिएको एक कार्यक्रममा सिरियाका लागि चिनियाँ राजदूत फेङ बियाओले सिरियाको रेडक्रसका प्रमुख खालिद एचबोउटीलाई सो सामान हस्तान्तरण गरेका थिए। त्यस अवसरमा सिरियाली रेडक्रसका प्रमुख खालिदले चीन सरकारलाई धन्यवाद दिए।
उनले संकटका समयमा चीनले गरेको यो सहयोग अमूल्य रहेको बताए। त्यसैगरी चिनियाँ राजदूत फेङले आगामी दिनमा पनि चीनले यस्तो मानवीयता सहयताको कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।
.jpg)


