आइतबार, भाद्र २८ गते २०८३
images

मेस्सीलाई पछि पार्दै लेवान्डोस्कीले जिते फिफा पुरुष वर्ष खेलाडी अवार्ड

एक्सप्रेस पाना
माघ ४, २०७८ मंगलबार
  • 242
    SHARES
  • मेस्सीलाई पछि पार्दै लेवान्डोस्कीले जिते फिफा पुरुष वर्ष खेलाडी अवार्ड

    एजेन्सी । बायर्न म्युनिखका पोलीस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लतातार दोस्रो पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

    images

    सोमबार राति ज्युरिचमा लेवान्डोस्कीले लियोनल मेसी र मोहम्मद सलाहालाई पछि पारेका हुन् । डिसेम्बर २०२० मा पनि लेवान्डोकस्कीले पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका थिए ।

    सन् २०२१ मा लेवान्डोवस्कीले सबै खाले प्रतियोगितामा गरि ४७ खेलमा ५८ गोल गरेका थिए । 

    images

    लेवान्डोस्कीले जर्मन बुन्डेसलिगाको एकै सिजन सर्वाधिक गोल गर्ने गर्ड मुलरको कीर्र्तिमान समेत तोडेका थिए । मुलरको नाममा ४१ गोल थियो ।लेवान्डोस्कीले ४३ गोलका साथ मुलरको सो कीर्तिमान तोडेका हुन् ।

    यस सिजन लेवान्डोवस्कीले २७ खेलमा ३४ गोल गरिसकेका छन् । त्यस क्रममा उनले च्याम्पियन्स लिगको समूह चरणमा नौ गोल गरेका छन् ।