माघ ४ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आजबाट प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको क्याम्पमा पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा सबै खेलाडी भने उपस्थित हुन सकेनन् ।
टोलीका केहि खेलाडीमा कोरोना संक्रमण देखिएकाले पहिलो दिन २८ खेलाडी उपस्थित थिए । मोरिससविरुद्ध दशरथ रंगशालामा हुने दुई वटा मैत्रीपुर्ण खेलका लागि नेपाली टोलीले तयारी सुरु गरेको हो ।

ए डिभिजन लिगको नबौं चरण सकिँएपछि फिफा विन्डोमा नेपालले मोरिसससँग दुई वटा मैत्रीपुर्ण खेल खेल्ने बताइएको छ । तर पछिल्लो पटक नेपालमा बढ्दै गएको कोभिड संक्रमणका कारण यो खेल हुने नहुने अनिश्चित नै छ । किनकी नेपालमा अहिले कोभिडको दर उच्च बन्दै गएको छ । आज मात्रै नेपालमा १० हजार २५८ जनामा कोरोना संक्रमित थपिएका थिए ।
प्रशिक्षणमा नेपालका मुख्य प्रशिक्षण अब्दुल्लाह अल्मुताइरीले भने आफुहरु तयारी अवस्थामा रहेको र मोरिसससँगको खेल नभएपनि कुनै टिमसँगपनि खेल्न तयार भएको बताएका छन । उनले आफुले यो पटकपनि नयाँ खेलाडीलाई मौका दिने बताए । साथै उनले आफुले जतिपनि खेलाडी क्याम्पमा बोलायो, त्यो आफ्नो रणनितीमा आधारित भएको बताए ।



