आइतबार, भाद्र २८ गते २०८३
images

प्रिमियर लिग : चेल्सी ब्राइटनसँग रोकियो

एक्सप्रेस पाना
माघ ५, २०७८ बुधबार
  • 191
    SHARES
  • प्रिमियर लिग : चेल्सी ब्राइटनसँग रोकियो

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा तेस्रो स्थानको चेल्सी ब्राइटनसँग मंगलबार राति १-१ गोलको बराबरी खेलेसँगै उपाधि यात्रा थप कठिन बनेको छ । सिजनको सुरुवातमा उपाधि यात्रामा पकड बनाउँदै आएको चेल्सी पछिल्ला खेलहरुमा लय गुमाउँदै उपाधिबाट टाढा रहँदै गएको छ । 

    images

    गय राति ब्राइटनको घरेलु मैदान अमेरिकन एक्सप्रेस कम्युनिटीमा अग्रता भने पाहुना टोली चेल्सीले बनाएको थियो । २८औं मिनेटमा हाकीम जियेचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । उनले कान्तेको पास सदुपयोग गरेका थिए । 

    पहिलो हाफमा १-० गोलले पछि परेको घरेलु टोलीको लागि ६०औं मिनेटमै एडम वेवस्टेरले गोल गर्दै खेल बराबरी स्थितीमा ल्याए । बाँकी समय गोल नहुँदा चेल्सी अंक बाढ्न बाध्य भयो । 

    images

    उक्त बराबरीसँगै चेल्सी २३ खेलबाट ४४ अंकसहित तेस्रो स्थानमा छ । जुन शीर्षस्थानको म्यानचेष्टर सिटीभन्दा १२ अंकले पछि हो । दोस्रो स्थानको लिभरपुल एक अंकले माथि रहेको छ । तर लिभरपुलले दुई खेल कम खेलेको छ । यता, ब्राईटन भने २१ खेलबाट २९ अंक सहित नवौं स्थानमा छ ।