माघ ५ काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री (पीएम) कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७८ को फाइनल खेलमा विभागिय टोली सशस्त्र प्रहरी बलको एपीएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लब सामू १५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ दशमलब ५ बलमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो । एपीएफका लागि लोकेश बम र अमर रौटेललको सर्वाधिक २७ र २९ रनको योग्दान दिए । सुरुवाती समय सानदार गरेको एपीएफले पावर प्लेयमा पुन: लगातार विकेट गुमाउँदै फितलो प्रदर्शन गरेको थियो ।
त्यस्तै मध्य क्रमका कप्तान शरद भेष्वाकर र भुवन कार्कीले सम्मान जनक स्कोर तर्फ अग्रसर पुर्याएका थिए । त्यस्तै एपीएफका लागि अहर रौटेलले सानदार इनिङ पुरा गरे । उनले १५ बलमा २ चौका र ३ छक्का प्रहार गरि २९ रनको महत्वपुर्ण योग्दान दिए । यस्तै सन्दिप जोहोरा २४ , शरद भेष्वाकर १९ , भुवन कार्की १७ , दिपक बोहोरा ५ रनको योग्दान दिए ।
यता पुलिसका लागि दिपेन्द्र सिंह एैरी र सागर ढकालले ३/३ विकेट लिँदा, गुल्शन झाँ २ विकेट ,आसिफ शेख र योगेन्द्रसिंह कार्कीले समान १/१ विकेट हात पारे । पुलिसले उक्त लक्ष्यको केही बेरमा जवाफी ब्याटिङमा मैदान उत्रिनेछ । जारी प्रतियोगितामा पुलिस अपराजित रहँदै फाइनलको यात्रा तय गरेको थियो ।


