माघ ५ काठमाडौं । प्रधानमन्त्री (पीएम) कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७८ को उपाधि विभागिय टोली सशस्त्र प्रहरी बलको एपीएफले जितेको छ ।
बुधवार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबमाथि २१ रनको रोमाञ्चक जित निकालेको छ ।
जितका लागि १५८ रनको विजयी लक्ष्य पाएको पुलिस निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रनमा समेटिए पछि एपीएफले विजयी भएको हो । पुलिसका लागि दिपेन्द्र सिंह एैरीले ६५ रनको आक्रमक इनिङ खेले पनि जितको लागि प्रयाप्त रहेन । उनले ५४ बलको सामना गरि ३ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै दिलिप नाथ २३ ,आशिफ शेख १२ , अनिल शाह १० रन बनाउनु बाह्यक अन्यले खासै राम्रो प्रदर्शन गर्ने सकेनन् ।
यता पुलिसका लागि किशोर महतोले ३ विकेट लिँदा अमरसिंह रौटेल, दिपक बोहरा र अभिनाश बोहराले समान १/१ विकेट हात पारे ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ दशमलब ५ बलमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो । एपीएफका लागि लोकेश बम र अमर रौटेललको सर्वाधिक २७ र २९ रनको योग्दान दिए । सुरुवाती समय सानदार गरेको एपीएफले पावर प्लेयमा पुनस् लगातार विकेट गुमाउँदै फितलो प्रदर्शन गरेको थियो ।
त्यस्तै मध्य क्रमका कप्तान शरद भेष्वाकर र भुवन कार्कीले सम्मान जनक स्कोर तर्फ अग्रसर पुर्याएका थिए । त्यस्तै एपीएफका लागि अहर रौटेलले सानदार इनिङ पुरा गरे । उनले १५ बलमा २ चौका र ३ छक्का प्रहार गरि २९ रनको महत्वपुर्ण योग्दान दिए । यस्तै सन्दिप जोहोरा २४ , शरद भेष्वाकर १९ , भुवन कार्की १७ , दिपक बोहोरा ५ रनको योग्दान दिए ।
यता पुलिसका लागि दिपेन्द्र सिंह एैरी र सागर ढकालले ३/३ विकेट लिँदा, गुल्शन झाँ २ विकेट ,आसिफ शेख र योगेन्द्रसिंह कार्कीले समान १/१ विकेट हात पारे ।
प्रतियोगिताको समुहचरणबाटै अपराजित रहेको एपिएफले जितसँगै ५ लाख प्राप्त गर्दा उपविजेता बनेको पुलिसले ३ लाख प्राप्त गर्ने छ।


