एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले जारी सिजनमा १०औं जित निकालेको छ ।
बिहिवार बिहान भएको २१औं साताको खेलमा पाहुना टोली युनाइटेडले घरेलु टोली ब्रेन्टफोर्डमाथि ३-१ गोलको सानदार जित निकालेको हो ।
पाहुना टोली युनाइटेडको जितमा एन्थोनी एलंगा, मेसन ग्रीनवुड र मार्कस रासफोर्ड समान १/१ गोल गरे यता घरेलुु टोली ब्रेन्टफोर्डको लागि इभान टोनिले एक सान्त्वना गोल गरे ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा एन्थोनीले गोल गरि १-० गोलको अग्रता दिलाए । त्यस्तै खेलको ६२औं मिनेटमा ग्रीनवुड र खेलको ७७औं मिनेटमा राफोर्डले गोल गरि ३-० गोलको अग्रता दिलाए । तर खेलको ८५औं मिनेटमा घरेलुु टोलीका लागि इभानले गोल गरि खेल ३-१ को अबस्थामा ल्याए । त्यसपछि बाँकी समय थप गोल नहुँदा युनाइटेड विजयी भयो ।
उक्त जितसँगै युनाइटेडले कुल २१ खेलबाट ३५ अंक जोडेर सातौं स्थानमा यथावत् रहेको छ । यता पराजित ब्रेन्टफोर्डको भने २२ खेलबाट २३ अंकसहित १४औं स्थानमा रहेको छ ।


