आइतबार, भाद्र २८ गते २०८३
images

सोमपाललाई बाहिर राख्दै पुवुदुले गरे १६ सदस्यीय नेपाली टोली घोषणा

एक्सप्रेस पाना
माघ ६, २०७८ बिहीबार
  • 448
    SHARES
  • सोमपाललाई बाहिर राख्दै पुवुदुले गरे १६ सदस्यीय नेपाली टोली घोषणा

    माघ ६ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुवुदु दासानायकेले सोमपाल कामस्लाई बाहिर राख्दै आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । 

    images

    हिजो बुधबार समाप्त भएको प्रधानमन्त्री कपमा सोमपालको प्रदर्शन उम्दा रहन सकेन । यस्तै टोलीमा जितेन्द्र मुखियाले कमब्याक गर्दा लोकेश बम र विवेक यादवले पहिलो पटक टोलीमा स्थान बनाए । नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । 

    १६ खेलाडी नामः 
    सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहोरा, सहाव आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम

    images