आइतबार, भाद्र २८ गते २०८३
images

आहा रारा गोल्डकप आजबाट

एक्सप्रेस पाना
माघ ६, २०७८ बिहीबार
  • 492
    SHARES
  • आहा रारा गोल्डकप आजबाट

    माघ ६ पोखरा । सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा आजबाट २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ सुरु हुँदैछ । कुल १० टोली सहभागि रहेको यस प्रतियोगिामा आज उद्घाटन खेलमा विभागिय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र आयोजक सहारा क्लबबिच हुनेछ । 

    images

    उक्त खेल दिउँसो २ बजोबाट सुरु हुनेछ । आजको खेलमा आयोजक टोली अघिल्लो बर्षको हारको बदला लिने योजनामा रहेको छ । यता एपीएफ पनि आयोजक टोलीलाई निराश बनाउँदै सुखद सुरुवात गर्ने योजनामा रहेको छ । यस खेलको विजेताले अन्ति आठमा बिवाइएसी मिनेसोटा युएसएसँग खेल्नेछ ।

    सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता संकटा क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसए गरी कुल १० टिमको सहभागिता रहने छ । 

    images

    प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ । त्यस्तै सर्वोकृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ बाट एक जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिने क्लबले जनाएको छ । स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी प्रतियोगिता सञ्चालन गरिने छ भने प्रतियोगिताका लागि खोपकार्ड अनिवार्य गरिएको छ ।