एजेन्सी । इटालिय सिरी ए च्याम्पियन क्लब इन्टर मिलान स्टेफानो सेन्सीले अतिरिक्त समयमा गरेको निर्णायक गोलमा बुधबार इम्पोलीलाई ३-२ गोलले पराजित गर्दै कोपा इटालियाको अन्तिम आठमा प्रवेश गरेको छ ।
घरेलु मैदानको प्राप्त जितसँगै पछिल्लो १९ सिजनमा इन्टर कोपा इटालियाको क्वार्टरफाइनल प्रवेश गरेको यो पहिलो पटक हो ।१३औं मिनेटमा एलेक्सिस सान्चेजको गोलमा इन्टरले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १-० गोलले पछि परेको खेलको ६१औं मिनेटमा निदिम बरामीले इम्पोलीलाई खेलमा फर्काए ।
त्यस्तै अेलको ७६औ मिनेटमा इन्टरका गोलकिपर इनोट एन्ड्रे राडुको आत्मघाती गोलमा इम्पोलीले २-१ को अग्रता लियो । इन्जुरी समयको पहिलो मिनेटमा आन्द्रे रानोचियाले इन्टरलाई खेलमा फर्काए ।
निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेल अतिरित्त समयमा धकेलिएको थियो । एक सय चार मिनेटमा सेन्सीले गरेको गोलमा इन्टरले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।


