आइतबार, भाद्र २८ गते २०८३
images

एकदिवसीय क्रिकेट खेल : दक्षिण अफ्रिकाद्वारा भारत पराजित

एक्सप्रेस पाना
माघ ६, २०७८ बिहीबार
  • 490
    SHARES
  • एकदिवसीय क्रिकेट खेल : दक्षिण अफ्रिकाद्वारा भारत पराजित

    माघ ६ काठमाडौं । दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेट खेलमा भारतलाई ३१ रनले पराजित गरेको छ । बोलाण्ड पार्कमा २९७ रनको विजयी लक्ष्य पाएको भारत निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रनमा समेटियो ।  

    images

    भारतका ओपनर शिखर धवनले सर्वाधिक ७९ रन बनाए ।  शार्दुल ठाकुर ५० रनमा अविजित रहे । यस्तै पूर्व कप्तान विराट कोहलीले ५१ रनको योगदान गरे । 

    दक्षिण अफ्रिका लुन्गी एनगिडी, तबरेज शाम्सी र एन्डिले फेहलुकवयोले समान २ विकेट लिए । यस्तै एडेन माक्ररम र केशव महाराजले १/१ विकेट लिए ।

    images

    यस अघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९६ रन बनाएको थियो । रास्सी भान डर डुसेनले सर्वाधिक १२९ रन बनाए ।  यस्तै कप्तान टेम्बा बभुमाले ११० रनको योगदान गरे । भारतका जसप्रित बुमराहले २ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए । 

    जितसँगै तीन एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।