आइतबार, भाद्र २८ गते २०८३
images

कप्तान मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनीले गर्यो टोली घोषणा

एक्सप्रेस पाना
माघ ६, २०७८ बिहीबार
  • 195
    SHARES
  • कप्तान मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनीले गर्यो टोली घोषणा

    एजेन्सी । नियमित कप्तान लियोनल मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनीले विश्वकप छनोट अन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेलका लागि २७ सदस्यीय टोली घोषणा गरेको छ । 

    images

    प्रशिक्षक लियोनल स्कोलानीले कोभिड-१९ संक्रमणमबाट निको भएर फर्किए पनि मेस्सी पछिल्लो एक महिनादेखि मैदान बाहिर रहेकाले टोलीमा समावेश नगरिएको बताएका छन् ।

    पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर मेस्सी पछिल्लो एक महिनापछि बुधबार मात्रै मैदान फर्किएका छन् । मेस्सीले पछिल्लो पटक २२ डिसेम्बरमा लिग वानमा लोरियन्टविरुद्ध खेलेका थिए । 

    images

    मेस्सी टिम बाहिर रहँदा पाउलो डिबलाले टोलीमा पुनरागमन गरेका छन् । यस्तै संन्यास लिएका सर्जियो अग्वुइरो बाहिर रहँदा लौटारो मार्टिनेज टोलीमा निरन्तरता पाएका छन् । 

    ब्राजिलसँगै अर्जेन्टिनाले दक्षिण अमेरिकाबाट कतार विश्वकप २०२२ मा आफ्नो स्थान पक्का गरिसकेको छ । अर्जेन्टिनाले विश्वकपअन्तर्गत बिहीबार चिलीको भ्रमण गर्नेछ भने त्यसको पाँच दिनपछि कोलम्बियालाई आतिथ्य गर्नेछ ।

    यस्तो छ २७ सदस्यीय टोली :

    Avatar