माघ ६ पोखरा । आजबाट पोखरा रंगशालामा सुरु भएको २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिामा विभागिय टोली एपीएफ फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
बिहीबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबमाथि २-० गोलको सहज जित निकाल्दै सानदार सुरुवात गरेको छ । घरेलु टोलीमाथि एपीएफको जितमा आभाष लामिछाने र प्रदिप लामाले १/१ गोल गरे ।
एपीएफले पहिलो र दोस्रो हाफमा १/१ गोल गर्यो । खेलको १४औं मिनेटमा एपीएफले खेलमा अग्रता बनायो । उसका लागि आभाष लामिछानेले गोल गर्न सफल भए ।
पहिलो हाफमा १-० गोलको अग्रता बनाएको एपीएफले ५९औं मिनेटमा २-० गमोलको अबस्थामा पुर्याए । त्यसपछि सहारा क्लब खेलमा फर्कन सकेन र प्रतियोगिताबाट बाहिरीयो । जितसँगै एपीएफ क्लब अन्तिम आठमा पुगेको छ ।
अब क्वाटरफाइनलमा एपीएफले अमेरीकाबाट आएको टिम बीवाईएससी मिनिसोटासँग माघ ८ गते खेल्नेछ । प्रतियोगितामा भोली हिमालयन शेर्पा र नेपाल पुलिस क्लवविच प्रतिस्पर्धा हुनेछ । १० टिमको सहभागिता रहेको प्रतियोगिताले १० लाख एक हजार रुपैयाँ पाउनेछ ।


