एजेन्सी । स्पेनिस ला लिगा फुटबल रियल मड्रिड स्पेनिस कोपा डेल रे नकआउटका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गए राति भएको खेलमा इल्चेलाई २-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा प्रबेश गरेको हो ।रियलको जितमा इस्को र हाजार्डले १/१ गोल गरे । पराजित इल्चेका लागि गोन्जालो भेर्डुले १ गोल गरे ।
खेलमा निर्धारित समयमा कुनै गोल हुन सकेन । अतिरिक्त समयको १०३औं मिनेटमा इल्चेले अग्रता बनायो । गोन्जालो भेर्डुले अग्रता बनाए ।
खेलको १०८औं मिनेटमा इस्कोले खेल १-१ को अवस्थामा ल्याए । ११५औं मिनेटमा हाजार्डले गोल गर्दै रियललाई विजयी गराए । उक्त खेलमा दुबै टोली १० खेलाडीमा समेटिएका थिए ।


