एजेन्सी । एथ्लेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३-२ ले पराजित हुँदै साविकको विजेता बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।
बिहिवार राति भएको खेलमा पराजित भएसंगै बार्सिलोना उपाधिबाट बाहिरिएको हो ।बिल्वाओको जितमा इकर मुनिएनले २ तथा इनिगो मार्टिनेजले १ गोल गरे । पराजित बार्सिलोनाका फेरान टोरेस र पेड्रीले समान १/१ गोल गरे ।

