आइतबार, भाद्र २८ गते २०८३
images

जोटाको २ गोलमा आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

एक्सप्रेस पाना
माघ ७, २०७८ शुक्रबार
  • 202
    SHARES
  • जोटाको २ गोलमा आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

    एजेन्सी । पोर्चुगिज युवा फरवार्ड डिअगो जोटाको २ गोल प्रेरित लिभरपुलले आर्सनललाई २-० ले पराजित गर्दै कारावाओ कपको फाइनलमा प्रबेश गरेको छ । 

    images

    बिहिवार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले २ गोल गरेपछी लिभरपुलले ६ वर्ष पछि उपाधिका लागि चेल्सिसंगको भेट पक्का गरेको हो । 

    पाहुना टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे । खेलको ९०औं मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछी घरेलु टोली आर्सनल १० खेलाडीमा सिमित भयो ।

    images

    यस अघि पहिलो लेग गोल रहित बराबरीमा रोकिएको थियो । यस्तै चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रबेश गरिसकेको छ ।