माघ ७ काठमाडौं । पोखरा रंगशालामा हिजोबाट सुरु भएको २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ मा आज शुक्रबार एक खेल हुँदैछ ।
जसमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पाबिच रोमाञ्चक भिड्न्त हुनेछ । उक्त दुई टोलीबिचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
पहिलो पटक दर्शकसहित मैदानमा खेलाइएको यस प्रतियोगितामा दुबै टोली एक अर्कोमाथि सहज जित निकाल्दैं क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले अन्तिम आठमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।
कुल १० टोली सहभागि रहेको यस प्रतियोगिाको विजेताले नगद १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।
त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।
त्यस अघि हिजो भएको पहिलो खेलमा आयोजक सहारा क्लबमाथि विभागिय टोली सशस्त्र प्रहरी बलका एपीएफ फुटबल क्लबले २० गोलको जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।


