आइतबार, भाद्र २८ गते २०८३
images

नेपालसँग दुई मैत्रीपूर्ण खेलका लागि मौरिसस टोली भोलि काठमाडौं आइपुग्ने

एक्सप्रेस पाना
माघ ९, २०७८ आइतबार
  • 568
    SHARES
  • नेपालसँग दुई मैत्रीपूर्ण खेलका लागि मौरिसस टोली भोलि काठमाडौं आइपुग्ने

    माघ ९ काठमाडौं । आगामी १५ र १८ माघमा दशरथ रंगशालामा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न मौरिससको टिम सोमबार नेपाल आइपुग्ने भएको छ । 

    images

    अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी सोमबार नेपाल आइपुग्ने बताए । 

    टोली बिहान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ । खेल सुरु हुने समय भने बताइएको छैन । 

    images

    यस्तै दर्शकको विषयमा एन्फाले कुनै धारणा बनाएको छैन । पछिल्लो समय कोभिड-१९ को संक्रमण उच्च बन्दै गएपछि सवारीसाधनमा समेत जोरबिजोर प्रणाली लागू गरिएको छ । 

    यस्तै सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । एन्फा सरकारको निर्देशनमा खोप लगाएका दर्शकलाई मात्र मैदान छिराउने तयारीमा छ । हाल नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा आफ्नो प्रारम्भिक प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । जसमा नौ खेलाडीले पहिलोपटक अवसर पाएका छन् ।