माघ ९ काठमाडौं । नेपाल आयल निगम मनाङ मर्स्याङ्दी फुटबल क्लबले पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ मा सहज जित हात पारेको छ ।
पोखरा रंगाशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलको खेलमाा विभागिय टोली नेपाल पुलिस फुटबल क्लबमाथि २-० गोलको सहज जित निकाल्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
मनाङको जितमा रुपेसी केसी र अफिज ओलाओलेले समान १/१ गोल गरे । निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४औं मिनेटमा मनाङका लगि रुपेसी केसीले गोल गरि १-० गोलको अग्रता दिलाए । त्यस्तै खेलको ८७ औं मिनेटमा मनाङका लागि ओलाओलेले गोल गरि २-० गोलका जित पक्का गरे ।
उक्त जित सँगै आहा रारा गोल्डकपको सर्वाधिक सफल क्लब मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो । उसले अब सेमिफाइनलमा थ्रीस्टार र त्रिभुवन आर्मी फुटबल क्लवबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
प्रतियोगितामा भोलि साविक विजेता संकटा क्लव र ए डिभिजन लिग लिडर मच्छिन्द्र क्लवविच प्रतिस्पर्धा हुनेछ ।


