एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले इल्चेसँगको हारबाट जगिएको छ । उसको लागि इन्जुरी समयमा इडर मिलिटाओले गोल गरेपछि हार टारेको हो ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा घरेलु टोली रियल मड्रिडले इल्चेसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेकाे हाे । पाहुना टोली इल्चेबिरुद्ध २-० गोलले पछि परेको रियल खेलमा फर्कन सफल भएको हो । इल्चेको लागि लुकास बोए र पेरे मिल्लाले १/१ गोल गरे ।
रियलका लागि लुका मोड्रिक र इडरले १/१ गोल गरे । उक्त बराबरीसँगै रियल २२ खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा यथावत छ । इल्चे २३ अंक जोडेर १५औँ स्थानमा छ ।
गए राति नै भएको अर्को खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई १-० अन्तरले पराजित गर्याे । पाहुना टोलीलाई जित दिलाउन फ्राङ्क्रिई डि जोङले खेलको ८७औं मिनेटमा निर्णायक गोल गरे । उनले फेरान टोरेसको पास सदूपयोग गरे ।
उक्त जितसँगै बार्सिलोना २१ खेलबाट ३५ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । अलाभेस भने २२ खेलबाट १७ अंकसहित रेलिगेशन जोनमा छ ।


