आइतबार, भाद्र २८ गते २०८३
images

आहा रारा गोल्डकप : मछिन्द्र र संकटा भिड्दै

एक्सप्रेस पाना
माघ १०, २०७८ सोमबार
  • 583
    SHARES
  • आहा रारा गोल्डकप : मछिन्द्र र संकटा भिड्दै

    माघ १० पोखरा । सहारा क्लब पोखराको आयोजनामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिातामा आज एक खेल हुँदैछ । 

    images

    तेस्रो क्वाटरफाइनलमा आज हुने दिनको एक खेलमा मछिन्द्र फुटबल क्लबले साविको विजेता संकटा फुटबल क्लबको सामना गर्नेछ । उक्त खेल दिउँसो पोखरा रंगशालमा २:३० बजेबाट सुरु हुनेछ । दुबै टोलीका मुख्य खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षमा रहेको कारण खेल केहि फरक हुने अनुमान गरिएको छ । 

    यस्तै आजको खेलमा साविकको विजेता संकटा सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्ने योजनामा रहेको छ । त्यस्तै गत सिजनको ए डिभिजन लिग च्याम्पियन क्लब मछिन्द्र साविको विजेता संकटालाई निराश बनाउँदै सेमिफाइनलमा पुग्यो दाउमा रहेको छ ।  

    images

    यस्तै यस अघि आ आफनो खेलमा जित निकाल्दै नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरि सकेका छन् । 

    सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार प्राप्त गर्ने छ ।