आइतबार, भाद्र २८ गते २०८३
images

वेष्ट इन्डिजविरुद्ध इंग्ल्यान्ड एक रनले विजयी

एक्सप्रेस पाना
माघ १०, २०७८ सोमबार
  • 530
    SHARES
  • वेष्ट इन्डिजविरुद्ध इंग्ल्यान्ड एक रनले विजयी

    एजेन्सी । इंग्ल्यान्डले दोस्रो टि२० खेलमा वेस्टइन्डिजलाई एक रनले पराजित गरेको छ । रोमाञ्चक जितसँगै पाँच टि२० शृंखला  एक एक बराबरीमा पुगेको छ । यसअघि पहिलो खेलमा वेष्ट इन्डिजले नौ विकेटले जितेको थियो । 

    images

    घरेलु मैदानमा १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७० रन बनायो । 

    वेस्टइन्डिजका अकेअलल हुसेन र रोमारियो शेफर्डले समान ४४ रनको योगदान गरे । यस्तै निकोलस पुरनले २४ रन बनाउँदा ड्यारेन ब्राभोले २३ रन बनाए । 

    images

    भ्रमणकारी टोली इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक तीन विकेट लिए । यस्तै आदिल राशिदले दुई विकेट लिँदा रोस टोपली र क्रिस जोर्डनले समान एक विकेट लिए । 

    यसअघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रन बनायो । 

    उसका जेसन रोयले सर्वाधिक ४५ रन बनाए । यस्तै मोइन अलीले ३१ रन बनाउँदा क्रिस जोर्डनले २७ रन बनाउँदा टम ब्यान्टनले २५ रनको योगदान गरे । वेस्टइन्डिजका फेबिएन एलेन र जेसन होल्डरले समान दुई विकेट लिए ।