आइतबार, भाद्र २८ गते २०८३
images

मौरिससको टोली काठमाडौं आइपुग्यो

एक्सप्रेस पाना
माघ १०, २०७८ सोमबार
  • 214
    SHARES
  • मौरिससको टोली काठमाडौं आइपुग्यो

    माघ १० काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीसँगको दुई मैत्रीपूर्ण खेलका लागि अफ्रिकी राष्ट्र मौरिससको टोली नेपाल आईपुगेका छन् ।

    images

    अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र रमेश रायमाझीले खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । 

    नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ । खेल हुने समय भने बताइएको छैन । दर्शकको विषयमा एन्फाले कुनै धारणा बनाएको छैन । पछिल्लो समय कोभिड–१९ को संक्रमण उच्च बन्दै गएपछि सवारीसाधनमा समेत जोरबिजोर प्रणाली लागु गरेकाे छ । 

    images

    यस्तै, सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ । हाल नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रारम्भिक प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् ।जसमा ९ खेलाडीले पहिलो पटक अवसर पाएका छन् ।