आइतबार, भाद्र २८ गते २०८३
images

बाबर आजम ‘ओडिआई क्रिकेटर अफ दि इयर’

एक्सप्रेस पाना
माघ १०, २०७८ सोमबार
  • 595
    SHARES
  • बाबर आजम ‘ओडिआई क्रिकेटर अफ दि इयर’

    एजेन्सी । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजम आईसीसी ‘ओडिआई क्रिकेटर अफ दि इयर’ बनेका छन् ।  सन् २०२१ मा मात्र ६ एकदिवसीय खेल खेलेका आजमले ६७ दशमलब ५० को औसतमा ४०५ रन बनाएका थिए । 

    images

    गत वर्ष दक्षिण अफ्रिकाविरुद्धको शृंखला २-१ ले जित्दा दुवै खेलमा ‘म्यान अफ दि म्याच’ चुनिएका आजम शृंखलाको दोस्रो उच्च रनकर्ता बनेका थिए । उनले २२८ रन बनाएका थिए ।

    यस्तै इङ्ल्यान्डविरुद्धको शृंखला ३-० ले गुमाउँदा पनि आजमले १७७ रन बनाएका थिए । यसअघि आजमकै ओपनर जोडी मोहम्मद रिजवान आईसीसी ‘टी-२० क्रिकेटर अफ दि इयर’ घोषित भएका थिए ।

    images

    यस्तै आईसीसी टी-२० विश्वकपको फाइनलमा ‘अम्पायरिङ’ गरेका माराइस एरास्मस आइसीसी ‘अम्पायर अफ दि इयर’ घोषित भएका छन् । उनी यसअघि सन् २०१६ र २०१७ वर्षको उत्कृष्ट अम्पायर बनेका थिए ।