आइतबार, भाद्र २८ गते २०८३
images

संकटालाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

एक्सप्रेस पाना
माघ १०, २०७८ सोमबार
  • 504
    SHARES
  • संकटालाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

    माघ १० पोखरा । साहा क्लबको आयोजनामा पोखरा रंगशालामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ मा मछिन्द्र फुटबल क्लब विजयी भएको छ । 

    images

    सोमबार भएको खेलमा मछिन्द्रले साविको विजेता संकटा फुटबल क्लबमाथि ४-१ गोलको सानदार जित निकाल्दै मछिन्द्र पहिलो पटक आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

    मछिन्द्रको जितमा मेसुके ओलुमोउले २ तथा उत्सव राई र अभिषेक गुरुङले समान १/१गोल गरे । यता संकटका लागि गणेश हमालले गरेको एक गोल सान्तवना बन्यो । उक्त हार सँगै साविको विजेता संकटा प्रतियोगिता बाटै बहिरिएको छ । 

    images

    यता विजयी मछिन्द्रले फाइनल प्रवेशको लागि विभागिय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबको सामना गर्नेछ । त्यस्तै भोली हुने अन्तिम क्वाटफाइनलको खेलमा रुसलान थ्री स्टार क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ ।  

    सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार प्राप्त गर्ने छ ।