आइतबार, भाद्र २८ गते २०८३
images

आहा रारा गोल्डकप : अन्तिम क्वाटरफाइनलमा आर्मी र थ्री स्टार भिड्दै

एक्सप्रेस पाना
माघ ११, २०७८ मंगलबार
  • 529
    SHARES
  • आहा रारा गोल्डकप : अन्तिम क्वाटरफाइनलमा आर्मी र थ्री स्टार भिड्दै

    माघ ११ पोखरा । सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ मा आज अन्तिम क्वाटरफाइनलको एक खेल हुँदै । 

    images

    पोखरा रंगशालामा हुने उक्त खेलमा विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लब र रुसलान थ्री स्टार फुटबल क्लबबिच रोमाञ्चक भिड्न्त हुनेछ । यी दुई टोलीबिचको खेल दिउँसो २:३० बजेबाट सुरु हुनेछ । 

    आजको खेलमा दुबै टोली एक अर्कोमाथि सहज जित निकाल्दै सेमिफाइनलमा पुग्ने दाउमा रहेका छन् । यस खेलको विजेता टोलीले नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबसँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ ।  

    images

    सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार प्राप्त गर्ने छ ।