आइतबार, भाद्र २८ गते २०८३
images

बालोटेली इटालियन टोलीमा

एक्सप्रेस पाना
माघ ११, २०७८ मंगलबार
  • 539
    SHARES
  • बालोटेली इटालियन टोलीमा

    एजेन्सी । इटालियन राष्ट्रिय फुटबल टोलीले स्ट्राइकर मारियो बालोटेलीलाई बन्द प्रशिक्षणका लागि फिर्ता बोलाएको छ ।

    images

    मुख्य प्रशिक्षक रोबर्टो मान्चिनीले घोषणा गरेको ३५ सदस्यीय टोलीमा बालोटेलीले टोलीमा पुनरागमन गरेका हुन् । बालोटेलीले पछिल्लो चार वर्षयता इटालीबाट खेलेका छैनन् । 

    ३१ वर्षे बालोटेली जुलाईमा टर्किस सुपर लिग क्लब एडाना डेमिस्फोरमा अनुबन्धन भएका थिए । उनले पछिल्लो चार खेलमा नौ गोल गरिसकेका छन् ।

    images

    पेड्रो, लुइस फिलिपेसहित मार्को कानेस्ची, जियोर्जियो स्क्लाभेनी, निको फागियोली, डेविड फ्रास्टसी र सामुइल रिची गरि सात खेलाडीले भने पहिलोपटक इटालीको राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

    २४ मार्चमा  युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीले कतार विश्वकप २०२२ छनोटको प्लेअफमा नर्थ मासेडोनियाको सामना गर्नेछ । नर्थ मासेडोनियालाई हराएमा विश्वकप छनोटका लागि इटालीले पोर्चुगल र टर्कीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सो खेलको विजेताले कतार विश्वकप २०२२ को टिकट पक्का गर्नेछ । 

    May be an image of text that says 'RZA URRI RZA PORTIERI CARNESECCHI CRAGNO MERET SIRIGU I NOSTRI AZZURRI CENTROCAMPISTI BARELLA CRISTANTE FAGIOLI FRATTESI LOCATELLI PESSINA S. RICCI SENSI TONALI RZA DIFENSORI BASTONI BIRAGHI CALABRIA CHIELLINI DE SCIGLIO DI LORENZO FLORENZI LUIZ FELIPE MAN CINI LU. PELLEGRINI SCALVINI TOLOI L'AZZU CIUN L'AZZU CIUN L'AZZU ATTACCANTI BALOTELLI BERARDI BERNARDESCHI IMMOBILE INSIGNE JOAO PEDRO RASPADORI SCAMACCA ZACCAGNI ZANIOLO ITALIA L'AZZU L'AZZU L'AZZU'