आइतबार, भाद्र २८ गते २०८३
images

थ्री स्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा

एक्सप्रेस पाना
माघ ११, २०७८ मंगलबार
  • 596
    SHARES
  • थ्री स्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा

    माघ ११ पोखरा । विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लब पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

    images

    मंगलबार पोखरा रंगशालामा भएको अन्तिम क्वाटफाइनलको खेलमा रुसलान थ्री स्टार फुटबल क्लबमाथि १-० गोलको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीको जितमा राजिब गुरुङले गरेको एक मात्रै गोल निर्णयक बन्यो । 

    निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७०औं मिनेटमा राजिब गुरुङले गोल गरि १-० गोलको अग्रता दिलाएका थिए । त्यस पछि बाँकी समय थप गोल हुन नसक्दा आर्मी विजयी भयो । उसले अब फाइनल प्रवेशको लागि नेपाल आयल निगम मनाङ मर्स्याङ्दी फुटबल क्लबको सामना गर्नेछ । उक्त खेल विहिवार पोखरा रंगशालमा हुनेछ । 

    images

    त्यस्तै यता पराजित थ्री स्टार भने प्रतियोगिताबाट बाहिरिएको छ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार प्राप्त गर्ने छ ।