माघ ११ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही माघ १५ र १८ गते दशरथ रंगशालामा हुने मौरिसससँगको मैत्रीपुर्ण खेलको तयारी पूरा भएको जनाएको छ ।
त्यस्तै एन्फाले मैत्रीपूर्ण खेलका लागि सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्न रंगशालामा एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइनेछ।
त्यस्तै एन्फाले वीआईपी प्यारापेटको लागि टिकटको मूल्य रु १००० र सामान्य प्यारापेटको लागि रु ५०० तोकेको छ । दुवै खेल दशरथ रंगशालामा दिउँसो ४ः४५ बजेबाट सुरु हुनेछ ।
मैत्रीपूर्ण खेलका लागि मौरिससको टोली सोमबार नै नेपाल आइपुगेको छ । नेपालको राष्ट्रिय टोली अहिले मैत्रीपूर्ण खेलका लागि बन्द शिविरमा छ ।


