आइतबार, भाद्र २८ गते २०८३
images

अफ्रिकी कप : सेनेगल र मोरोक्को क्वाटरफाइनलमा

एक्सप्रेस पाना
माघ १२, २०७८ बुधबार
  • 427
    SHARES
  • अफ्रिकी कप : सेनेगल र मोरोक्को क्वाटरफाइनलमा

    एजेन्सी । नौ खेलाडीमा सीमित केप भर्डेलाई २-० गोल अन्तरले पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    images

    मंगलबार राति भएको खेलमा सेनेगलको जितमा साडियो माने र बाम्बा डीइङले १/१ गोल गरे । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाए ।

    त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २-० गोलको सहज जित दिलाए । खेलमा भर्डे ९ खेलाडीमा समेटिएको थियो । भर्डेका प्याट्रिकले २१औं मिनेट र भोजिन्हाले ५७औं मिनेटमा रातो कार्ड सामना गरेका थिए । 

    images

    उक्त जित सँगै अब सेनेगलले अन्तिम चार प्रवेशका लागि माली र गिनीबीचको विजेतासँग खेल्नेछ ।

    गए राति नै भएको खेलमा विजयी हुँदै मोराेक्को अन्तिम आठमा प्रवेश गरेकाे छ । अर्चराफ हाकिमी र युसुफले गोल गरेपछि मोराेक्कोले मालवीलाई २-१ को नतिजाले पराजित गरेकाे हाे । मालवीको लागि गबादिन्होले सान्त्वना गोल गरे । अब सेमिफाइनल प्रवेशका लागि मोराेक्कोले आइभरी कोस्ट र इजिप्टबीचको विजेतासँग खेल्नेछ ।