माघ १२ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि आफ्नो टोली घोषणा गरेका छन् ।
माघ १५ र १८ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि अल्मुताइरीले दुई टोलीको घोषणा गरेका हुन् । उनले यसपटक बन्द प्रशिक्षणमा रहेका सबै खेलाडीलाई समेटेका छन् । 'अलमुतैरीले राम्रो नतिजाको अपेक्षा गर्नुभन्दा खेलाडीहरूलाई एक्सपोजर दिनमा आफू बढी केन्द्रित रहेको बताए । म खेलाडीहरूले अन्तर्राष्ट्रिय खेलहरूमा एक्सपोजर होस् भन्ने चाहन्छु । यसले उनीहरूलाई थप अनुभव दिई भविष्यको लागि तयार गर्न मद्दत गर्नेछ । म नतिजाभन्दा राम्रो प्रदर्शनको अपेक्षा गरिरहेको छु' उनले भने।
मैत्रीपूर्ण खेलका लागि अहिले ३४ खेलाडी प्रशिक्षणमा छन् । एन्फाले सामान्य र भीआईपी प्यारापिटको लागि क्रमशः रु ५०० र रु एक हजार मूल्य तोकेको छ । साथै सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्न मैत्रीपूर्ण रंगशालाको कुल क्षमताको एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइनेछ ।
खेलको समयमा रंगशालामा प्रवेश गर्नका लागि फ्यानहरूले आफ्नो खोप कार्ड देखाउनु पर्नेछ । दुवै खेल दशरथ रंगशालामा दिउँसो ४ः४५ बजे हुनेछ ।
अल्मुताइरीले घोषणा गरेको पहिलो टोली :

अल्मुताइरीले घोषणा गरेको दोस्रो टोली:



