एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड एन्थोनी मार्शल युनाइटेडबाट लोनमा स्पेनिस ला लिगा फुटबल क्लब सेभिल्ला पुगेका छन् ।
फ्रान्सका २६ वर्षीय अट्याकर मार्सियलले जारी सिजनका बाँकी खेल सेभिल्लाबाट खेल्ने भएका छन् । पछिल्लो समय युनाइटेडमा स्थान नपाएका मार्शल सेभिल्ला जान रुचाएका हुन् ।
जारी सिजन ला लिगाको दोस्रो स्थानमा रहेको सेभियाले गत महिनाबाटै मार्सियललाई भित्राउने प्रयास गरेको थियो ।


