आइतबार, भाद्र २८ गते २०८३
images

एनएसएलमा अब १० टोली सहभागी, काठमाडौं र पोखरामा हुने

एक्सप्रेस पाना
माघ १२, २०७८ बुधबार
  • 498
    SHARES
  • एनएसएलमा अब १० टोली सहभागी, काठमाडौं र पोखरामा हुने

    माघ १२ काठमाडौं । दोस्रो संस्करणको फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) चैत अन्तिम सातादेखि सुरु हुने भएको छ । नेपाल स्पोट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एनएसएलको पहिलो संस्करण जेठमा सम्पन्न भएको थियो ।

    images

    पोखरा र काठमाडौं गरी दुई सहरमा हुने प्रतियोगिता २८ चैतमा सुरु भई ७ जेठसम्म चल्ने छ भने तीन नयाँ टोली थपिने भएका छन् । यसअघि पहिलो संस्करणमा ७ टोलीको सहभागिता थियो ।

    प्रतियोगिताको सुरुवात पोखरामा हुने र प्रतियोगिताको दोस्रो चरण काठमाडौंमा हुने आयोजकले जानकारी दिएको छ । कोभिड १९ को अवस्थाअनुसार तय भएको योजनामा फेरबदल हुन सक्ने र खेल एउटै शहरमा आयोजना गर्न सकिने पनि आयोजकले बताएको छ ।

    images

    आगामी संस्करणबाट थपिने तीन टोलीका लागि फेब्रुअरीमा अक्सन गर्ने आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । यस अघि पहिलो संस्करणमा धनगढी एफसीलाई १-० ले पराजित गर्दै काठमाडौं रेजर्सले उपाधि जितेको थियो ।