आइतबार, भाद्र २८ गते २०८३
images

आहा रारा गोल्डकप : मछिन्द्रमाथि सानदार जित निकाल्दै एपीएफ फाइनलमा

एक्सप्रेस पाना
माघ १२, २०७८ बुधबार
  • 344
    SHARES
  • आहा रारा गोल्डकप : मछिन्द्रमाथि सानदार जित निकाल्दै एपीएफ फाइनलमा

    माघ १२ पोखरा । पोखरामा जारी २०औं संस्रकरणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ को पहिलो सेमिफाइन खेलमा गत सिजनको ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबमाथि सानदार जित विभागिय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । 

    images

    पोखरा रंगशालामा बुधवार भएको खेलमा बलियो टोली मछिन्द्रमाथि एपीएफले ३-१ गोलको रोमाञ्चक जित निकालेको हो । एपीएफको जिमा सनिश श्रेष्ठ, प्रदिप लामा र कप्तान नविन लामाले १/१ गोल गरे । मछिन्द्रका लागि ओमोलाजा नुरेन करिमले गरेको एक गोल सानत्वना बन्यो ।

    खेलको २५औँ मिनेट एपीएफले अग्रता बनाएकाे थियो । मणि लामाको फ्रि-किकमा सनिषले हेड गोल गरे । खेलको ४०औँ मिनेटमा करिमले बराबरी गोल फर्काए । कप्तान रन्जित धिमालको फ्रि-किकमा करिमले बक्सबाट उत्कृष्ट हेड गर्दै बराबरी गोल गरे ।

    images

    खेलको ६८ मिनेटमा एपीएफले पुनः अग्रता बनायो । यसपटक प्रदीप लामाले गोल गरे । कप्तान नवीन लामाले मैदानको दायाँ भागबाट गरेको क्रसमा बक्सभित्रबाट प्रदीपले मछिन्द्रका गोलरक्षक सूर्य अधिकारीलाई बिट गर्दै सहज गोल गरे ।

    खेलको इन्जुरी समयमा कप्तान नवीन लामाले गोल गर्दा एपीएफले सहज जित पायो । आभाष लामिछानेको प्रहार गोलरक्षक सूर्य अधिकारीले रोकेको रिबाउण्डमा नवीनले खाली पोष्टमा गोल गरे ।

    खेलको दोस्रो हाफमा मछिन्द्र १० खेलाडीमा सिमित भएकाे थियो । रेफ्री कविन्द्र व्यञ्जनकारविरुद्ध आपत्ति जनाउँदै ‘डेड बल’ हिर्काएपछि करिमले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए ।

    प्रतियोगितामा दुबै टोली आफ्ना मुख्य खेलाडीविना मैदान प्रवेश गरेका थिए । मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठसहित, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, विशाल राई, विमल घर्ती मगर, मनिष डाँगी, सुनील बल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका छन् । यता, एपीएफका आशिष लामा बन्द प्रशिक्षणमा रहेका छन् । प्रतियोगिताको दोस्रो सेमिफाइनमा भोलि (बिहीबार) हुनेछ ।

    एपीएफ २०६४ पछि पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । यता मछिन्द्रको भने फाइनल प्रवेश गर्ने सपना एपीएफले चक्नाचुर पारेको छ । उक्त जितसँगै एपीएफले नेपाल आयल निगम मनाङ मर्स्याङ्दी फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबिचको दोस्रो सेमिफाइनल खेलमा विजेता हुने टोलीसँग उपाधि भिड्न्त गर्नेछ । 

    सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।