माघ १३ पोखरा । पोखरा रंगशामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ मा आज अन्तिम सेमिफाइनलको एक खेल हुँदैछ ।
जसमा आहा रारा गोल्डकप प्रतियोगिताकै सर्वाधिक सफल नेपाल आयल निगम मनाङ मर्स्याङ्दी फुटबल क्लब र विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबबिच रोमाञ्चक भिड्न्त हुनेछ ।
पोखरा रंगशालामा दिउँसो २:३० बजेबाट सुरु हुने खेलमा दुबै टोली एक अर्कोमाथि जित निकाल्दै फाइनल पुग्ने दाउमा रहेका छन् । यस्तै यस खेलको विजेता टोलीले उपाधिका लागि अर्को विभागिय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब सँग भिड्ने छन् । पोखरा रंगशालामा बुधवार भएको खेलमा बलियो टोली मछिन्द्रमाथि एपीएफले ३-१ गोलको रोमाञ्चक जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।


