आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप छनोट : ब्राजिल र इक्वेडरले अंक बाँडे

एक्सप्रेस पाना
माघ १४, २०७८ शुक्रबार
  • 564
    SHARES
  • विश्वकप छनोट : ब्राजिल र इक्वेडरले अंक बाँडे

    एजेन्सी । कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिल र इक्वेडरले अंक बाँडेका छन् । शुक्रबार बिहानकाे खेलमा दुबै टिमले १-१ गोल गरेका हुन् ।

    images

    यसअघि विश्वकपको लागि छनोट भइसकेको ब्राजिल र घरेलु टोली इक्वेडर खेलमा १० खेलाडीमा सीमित भए । कासेमेरोको गोलमा ब्राजिलले आठौं मिनेटमा अग्रता बनाएको थियो । फेलिक्स टोरेसले ७५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । 

    उक्त बराबरीसँगै ब्राजिल १४ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा यथावत छ । इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ ।  दक्षिण अमेरिकी छनोटबाट ब्राजिल र अर्जेन्टिनाले यसअघि नै विश्वकप यात्रा तय गरिसकेका छन् । 

    images