माघ १५ काठमाडौं । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ को उपाधि विभागिय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले जितेको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाईनल खेलमा नेपाल आयल निगम मनाङ मर्स्याङदी फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा ५-४ गोलले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसपछि बाँकी समयमा पनि थप गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा लम्बिएको हो । जसमा एपीएफले बाजि मार्यो ।
उपाधिसँगै एपीएफले नगद १० लाख १ हजार ट्रफी प्राप्त गर्यो भने उपविजेता मनाङले ५ लाखमा चित्तबुझ्उन बाध्य बन्यो ।


