आइतबार, भाद्र २८ गते २०८३
images

अफ्रिकी कप : क्यामरुन र बुर्किना सेमिफाइनलमा

एक्सप्रेस पाना
माघ १६, २०७८ आइतबार
  • 314
    SHARES
  • अफ्रिकी कप : क्यामरुन र बुर्किना सेमिफाइनलमा

    एजेन्सी । आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा जित हात पार्दै दुबै टोलीले अन्तिम चार पक्का गरेका हुन् ।

    images

    घरेलु मैदानमा कार्ल टोको एकाम्बीले दोस्रो हाफमा दुई गोल गरेपछि क्यामरुनले सहज जित हात पार्‍याे । २९ वर्षीय टोकोले खेलको ५० र ५७औं मिनेटमा गोल गरे ।

    अब क्यामरुनले फाइनल प्रवेशका लागि  इजिप्ट र मोरक्कोको बीचको विजेताको सामना गर्नेछ ।

    images

    १० खेलाडीमा सीमित बुर्किना फासोले तुनिसियालाई १-० अन्तरले पराजित गरेकाे हाे । बुर्किनाको जितमा पहिलो हाफको इन्जुरी समयमा डान्गो औताराले गरेको गोल निर्णायक रह्यो । 

    खेलको ८२औं मिनेट गोलकर्ता १९ वर्षीय डान्गोले रातो सामना गरे । अब बुर्किना फासोले फाइनल प्रवेशका लागि फाइनल प्रवेशका लागि सेनेगल र गिनीबीचको विजेतासँग खेल्नेछ ।