सोमबार, कार्तिक १७ गते २०८३
images
images

भारतको पहिलो मेटाभर्स विवाह

एक्सप्रेस पाना
माघ १६, २०७८ आइतबार
  • 333
    SHARES
  • भारतको पहिलो मेटाभर्स विवाह

    एजेन्सी । कोभिड १९ का कारण अहिले मानिसहरुले धमाधम विवाह रद्द गरिरहेका छन् । तर, भारतको एउटा जोडी भने नितान्तै नौलो ढंंगले वैवाहिक बन्धनमा बाँधिने घोषणा गरेको छ । तमिल नाडुका दिनेश शिवकुमार पद्मावती र जनगननधिनी रामाश्वामी  मेटाभर्सका माध्यमबाट विवाह गर्न लागेका हुन् । 

    images

    महामारी बढेपछि राज्य सरकारले सरकारले बढीमा १०० जनालाई मात्र विवाहमा सहभागी हुन अनुमति दिएको छ । तर, आगामी महिना हुने भर्चुल रिसेप्सनमा उनीहरुले दुई हजारलाई निम्तो दिएका छन् । ह्यारी पोटरका प्रशंसकसमेत रहेको यो जोडीले एउटा जादुमय पार्टी आयोजना गर्दैछन्, जहाँ अतिथिहरु फोन, ट्याबलेट वा ल्यापटपमार्फत सहभागी हुन सक्नेछन् ।

    ‘महामारीले गर्दा ठूलो संख्यामा मानिसह्ररुको भौतिक उपस्थितिसहितको वास्तविक भोज सम्भव छैन्,’ दिनेश एसपी नामलेसमेत चिनिने पद्मावतीले सीएनएनलाई भने, ‘तसर्थ यसलाई मेटाभर्स बनाउने निर्णय गर्‍यौं ।’

    images

    मेटाभर्स भनेको भर्चुअल वातावरणलाई थ्रीडीमा प्रस्तुत गर्नु हो, जहाँ प्रयोगकर्ताहरु भेला हुन र अन्तरक्रिया गर्न सक्छन् । यसमा प्रयोगकर्ताहरूले डिजिटल अवतारमा एक अर्कालाई भेट्न सक्छन् । यसमा हरेक व्यक्तिको आफूजस्तै देखिने डिजिटल अवतार हुन्छ ।

    क्रिप्टोकरेन्सीमा रुची राख्ने २४ वर्षीय दिनेशले स्टार्टअप प्लेटफर्म टार्डीभर्ससँग सहकार्य गरेर आफ्नो विवाह गर्ने स्थलमा ह्यारीपोर्टर शैलीको महल निर्माण गरेका छन् ।

    कानुनी विवाह भौतिक रुपमा नजिकका साथीभाइ र छिमेकीका अगाडि  तमिलनाडुको कृष्णगिरी जिल्लाको रामाश्वामी गाउँमा हुनेछ । यसपछि सो जोडी उनीहरुको भोजमा सहभागी हुन लग अन गर्नेछन्, जसलाई डिजाईन, डेभलप र होस्ट गर्न एक लाख ५० हजार भारु लग्नेछ । एक घन्टा लामो सो कार्यक्रममा नवविवाहित जोडीले अतिथिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् ।
     
     डिजिटल उत्सवको अनौठो विशेषता छ । किनकी समारोहमा दिनेशका स्वर्गीय ससुरालाई पनि सहभागी गराइने भएको छ । ‘गत अप्रिलमा मेरा हुनेवाला ससुरा वुवा बित्नु भयो,’ पद्मावती  भन्छन्, ‘तसर्थ, मैले उहाँको जस्तै ३ डी अवतार सृजना गर्र्दैछु । उहाँले म र मेरा हुनेवाला पत्नीलाई आर्शीवाद दिनुहुनेछ । यसलाई हामीले मेटाभर्समा मात्र प्रस्तुत गर्न सक्छौं ।’

    यस्तो किसिमको विवाह भारतमा पहिलो पटक आयोजना हुँदैछ । विवाहका लागि दुबै जनाले आफ्ना अभिभावकसँग अनुमति लिइसकेका छन् ।