आइतबार, भाद्र २८ गते २०८३
images

अफ्रिकी कप : सेनेगल र इजिप्ट सेमिफाइनलमा

एक्सप्रेस पाना
माघ १७, २०७८ सोमबार
  • 469
    SHARES
  • अफ्रिकी कप : सेनेगल र इजिप्ट सेमिफाइनलमा

    एजेन्सी । सेनेगल र इजिप्ट आइतबार भएको खेलमा विजयी हुँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    images

    दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ । सेनेगल र इजिप्टसँगै आयोजना क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगे । 

    आइतबार राती सेनेगलले गिनीलाई ३-१ ले पराजित गरेको हो । इजिप्टले मोरोक्कोलाई २-१ ले पराजित गरेको छ । इजिप्टले ९० मिनेटको निर्धारित समयपछी अतिरिक्त ३० मिनेटमा जित पायो । 

    images

    अब सेमिफाइनलमा सेनेगल र बुर्किना फासो तथा इजिप्ट र आयोजक क्यामरुन फाइनल प्रवेशका लागि खेल्नेछन् ।