आइतबार, भाद्र २८ गते २०८३
images

इरिक्सन प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा

एक्सप्रेस पाना
माघ १७, २०७८ सोमबार
  • 371
    SHARES
  • इरिक्सन प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा

    एजेन्सी । इंग्लिस क्लब ब्रेन्टफोर्डले डेनमार्कका मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई ६ महिनाका लागि अनुबन्ध गरेको छ । 

    images

    युरो कप २०२० खेलका क्रममा मैदानमा अचेत भई लडेका क्रिष्टियन त्यसयता कुनै क्लबसँग पहिलोपटक जोडिएका हुन् । टोटनहमका पूर्वखेलाडी समेत रहेका इरिक्सन सात महिनापछि फुटबलमा पुनरागमन गर्न लागेका हुन् ।  

    २९ वर्षीय इरिक्सनले सन् २०२१(२२ को अन्त्यसम्म सम्झौता गरेको ब्रेन्टफोर्डले जनाएको छ । कार्डियोभर्टर  डिफिब्रिलेटर (आईसीडी) जडान गरिएपछि इरिक्सन सिरी ए क्लब इन्टर मिलानमा सम्झौता नवीकरण गर्न असफल भएका थिए । 

    images

    ‘म फेरि इरिक्सनसँग काम गर्न उत्साहित छु । उनी प्रिमियर लिगकै एक उत्कृष्ट मिडफिल्डर हुन्,’ ब्रेन्टफोर्डका म्यानेजर थोमस फ्राङ्कले भनेका छन् । 

    यसअघि इरिक्सनले टोनटहमबाट २२६ खेल खेल्दा ५१ गोल गरेका थिए । उनी सात वर्ष टोटनहममा रहे । पछिल्लो पटक उनले इन्टर मिलानमा ४३ खेल खेल्दा चार गोल गरेका थिए । डेनमार्कका लागि १०९ खेलमा ३६ गोल गरेका छन् ।