आइतबार, भाद्र २८ गते २०८३
images

मौरिससविरुद्ध नेपालको दोस्रो खेल आज, लगातार दोस्रो जितको खोजीमा

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 388
    SHARES
  • मौरिससविरुद्ध नेपालको दोस्रो खेल आज, लगातार दोस्रो जितको खोजीमा

    माघ १८ काठमाडौं । चोटबाट ‘कमब्याक’ गरेका फरवार्ड विमल घर्ती मगरको निर्णायक गोलमा पहिलो खेल जितेको नेपालले आज (मंगलबार) दोस्रो खेलमा समेत दशरथ रंगशालामा मौरिससविरुद्ध खेल्दै छ । 

    images

    अपराह्न पौने ५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा रहनेछ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले आफ्नो दोस्रो टिमबाट समेत जित चाहन्छन् । 

    पहिलो खेलमा अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग खेलेका १२ खेलाडी दोस्रो खेलमा समेत रहेका छन् । चोटबाट फर्कने प्रयासमा रहेका र अवसरको खोजीमा रहेका खेलाडीका लागि दोस्रो खेल मौका बन्न सक्नेछ ।  

    images

    यता, मौरिसससमेत आफ्ना खेलाडी कोरोनाबाट फर्किने हुँदा उच्च मनोबलमा छ । अढाई वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको मौरिसस पहिलो खेलको तुलानामा दोस्रो खेलमा नेपाललाई दबाबमा सृजना गर्ने योजनामा छ । 

    पहिलो खेलमा अफ्रिकन राष्ट्र मौरिसस शारीरिक रुपमा बलियो देखिएको थियो । सोहीअनुुसार उसले पहिलो हाफ आफ्नो नियन्त्रणमा राख्दै दुई राम्रा मौकासमेत सृजना गरेको थियो । यद्यपि मौरिसस फिनिसिङमा चुकेको थियो । यता, शारीरिक रुपमा बलियो रहेको मौरिससविरुद्ध पहिलो हाफमा फिक्का देखिए पनि नेपालले दोस्रो हाफमा लय समातेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको पत्रअनुसार पाँच हजार दर्शक उपस्थित रहेको मैदानमा विमल घर्ती मगरले ५५औं मिनेटमा गोल गर्दा नेपालले आफ्नो गति समात्यो । 

    गोल लगत्तै बारम्बार अवसर बनाएको नेपालले अन्य गोल भने थप्न सकेन । नेपालका अन्जन बिष्ट, जगजित श्रेष्ठ दोस्रो हाफमा गोल गर्नबाट चुकेका थिए ।