आइतबार, भाद्र २८ गते २०८३
images

मौरिससविरुद्धको तनाबपूर्ण खेलमा सुजलको गोल निर्णायक

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 246
    SHARES
  • मौरिससविरुद्धको तनाबपूर्ण खेलमा सुजलको गोल निर्णायक

    माघ १८ काठमाडौं । तनावपूर्ण बनेको दोस्रो मैत्रीपूर्ण खेलमा नौ खेलाडीमा सीमित मौरिससमाथि नेपालले १-० को जित निकालेको छ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न भएको खेलमा नेपाल पनि १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको थियो । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा शनिबार अफ्रिकन पाहुना टोलीलाई समान १-० ले नै पराजित गरेको थियो । 

    १०औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै नेपालको जितमा पर्याप्त बन्यो । आशिषको प्रहारमा पुजन उपरकोटीले गरेको ब्याक फ्लिकलाई सुजलले पनि ब्याक फ्लिकमार्फत नै बललाई पोस्टको दिशा दिए । 

    images

    मैत्रीपूर्ण खेलमा मौरिससबिरुद अग्रता दिलाउदा सुजलले ६ वर्षपछि गोल गरेका हुन् । यो उनको राष्ट्रका लागि तेस्रो गोल समेत हो । यस अघि सुजलले २०१६ मा सोलिडारिटी कपमा नेपालका लागि अन्तिम गोल गरेका थिए । सुजनले यस अघि टिमोर लिस्टे र लाओसविरुद्ध गोल गरेका हुन् ।

    दोस्रो हाफ निकै तनावपूर्ण बन्यो । दोस्रो हाफको ७१औं मिनेटमा हात हालाहालमा उत्रिए पछि रेफ्रीले दुबै देशका एक एक खेलाडीलाई रातो कार्ड देखाए । नेपालका पुजन उपरकोटी र मोरिससका एड्रियन बोटलरले रातो कार्डको दर्शन गरे ।

    यसै बेला रेफ्री नबिन्द्र महर्जनले नेपालका गोलकिपर प्रशिक्षक विकाश मल्लले समेत रातो कार्ड दर्साए । ७९औं मिनेटमा इम्यानुयल फुलचुन्डले दोस्रो पहेलो कार्डपछि रातो कार्डको दर्शन गरे । उनले ६२औं मिनेटमा पहिलो पहेलो कार्ड बेहोरेका थिए । 

    ८९औं मिनेटमा फ्लड लाइटको लक्स घटेपछि भएपछि खेल करिब १० मिनेट अवरुद्ध बनेको थियो । दोस्रो खेलमा प्लेइङ सेटमा खेल्दै नवीन गुरुङले डेब्यु गरे । जारी लिगमा एन आर टी क्लबबाट खेलिरहेका राइट ब्याक नबिन पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।