आइतबार, भाद्र २८ गते २०८३
images

प्रशिक्षक अल्मुताइरीको प्रतिक्रिया : रेफ्रीको निर्णयको सम्मान गर्छु

एक्सप्रेस पाना
माघ १८, २०७८ मंगलबार
  • 437
    SHARES
  • प्रशिक्षक अल्मुताइरीको प्रतिक्रिया : रेफ्रीको निर्णयको सम्मान गर्छु

    माघ १८ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मौरिससविरुद्धको दोस्रो खेलमा पनि जित हात पार्न सफल भएकोमा आफू खुसी भएको बताएका छन् ।

    images

    खेल सकिएपछिको पत्रकारसम्मेलनमा प्रशिक्षक अल्मुताइरीले आफू आज खेलाडीको प्रदर्शनबाट खुसी भएको बताए । शारीरिक रुपमा बलियो टिमबिरुद्ध नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेको उनको भनाइ थियो । 

    खेल तनावग्रस्त हुन राम्रो नभएको बताउँदै उनले १ गोलको अग्रता पछि धैर्य भएर खेल्नुपर्ने बताए । 

    images

    खेलमा भएको तनावका लागि दुबै पक्षका खेलाडी ५०/५० प्रतिशत जिम्मेवार भएको उनको भनाइ थियो । 

    गेम सकियो अब सबैले कुरा बिर्सनुपर्छु अल्मुताइरीले भने, म रेफ्रीको डिसिजन सम्मान गर्छु ।

    खेलमा हार जित हुने भन्दै उनले आफूहरु जितका लागि योग्य भएको बताए । उनले खेलाडीहरु आज नडराई खेलेको बताए । तनावपूर्ण खेलमा नेपालले मौरिससविरुद्ध १-० को जित हात पारेको थियो।