आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप छनोट : अर्जेन्टिना र उरुग्वे विजयी

एक्सप्रेस पाना
माघ १९, २०७८ बुधबार
  • 306
    SHARES
  • विश्वकप छनोट : अर्जेन्टिना र उरुग्वे विजयी

    एजेन्सी । कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिना र उरुग्वे विजयी भएका छन् । 

    images

    बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियालाई १-० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेजले खेलको २९औँ मिनेटमा निर्णायक गोल गरे ।

    जितपछि लियोनल मेस्सीबिनाको अर्जेन्टिना १५ खेलबाट २९ अंकसहित दोस्रो स्थानमा छ । पराजित कोलम्बिया १६ खेलबाट १७ अंकसहित सातौं स्थानमा छ   ।

    images

    बिहानै भएको खेलमा उरुग्वेले भेनेजुयलालाई ४-१ अन्तरले पराजित गरेको छ । जितपछि उरुग्वेले १६ खेलबाट २२ अंक सहित चौथो स्थानमा उक्लिएको छ । ब्राजिल र अर्जेन्टिना यस अघि नै विश्वकपका लागि छनोट भइसकेका छन् ।