आइतबार, भाद्र २८ गते २०८३
images

खेलकुदमन्त्रीसहित विभिन्न व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सफ्ट टेनिसको सम्मान

एक्सप्रेस पाना
माघ २३, २०७८ आइतबार
  • 222
    SHARES
  • खेलकुदमन्त्रीसहित विभिन्न व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सफ्ट टेनिसको सम्मान

    माघ २३ काठमाडौं । अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघले आइतबार विभिन्न व्यक्तित्वलाई सम्मान तथा महासंघको पदमा मनोनयन गरेको छ ।

    images

    महासंघले सफ्ट टेनिसको विकास र विस्तारमा विभिन्न तवरले सहयोग पुर्‍याउने तथा विभिन्न व्यक्तित्वहरूलाई बुढानिलकण्ठस्थित पार्क भिलेजमा सम्मान गरेको हो । सम्मानित हुनेमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल टेनिस संघकी अध्यक्ष ज्याेति राणा, पूर्वअध्यक्ष मनोजशमशेर राणा, अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघका वैज्ञानिक रिसर्चका अध्यक्ष प्राज्ञ डा.ऋषिकेशवविक्रम शाह, अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघका एन्टिडोपिङ तथा मेडिकल कमिसनका प्रमुख डा. अजयशमशेर राणा, व्यवस्थापन कमिशनका प्रमुख एवं कोरियन सफ्ट टेनिस संघका उपाध्यक्ष लि ह्युन टेक छन् ।

    महासंघले लाइफटाइम एचिभमेन्ट अवार्डबाट महासंघका महासचिव चोई सियोङ कोनलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा महासंघका अध्यक्ष विनयविक्रम शाहले  नेपाल सफ्ट टेनिस संघका उपाध्यक्ष विकास पाण्डेलाई अन्तर्राष्ट्रिय महासंघको डेपुटी महासचिव र अम्पायर तथा नियम कमिटीको अध्यक्ष र सफ्ट टेनिस संघका सदस्य आनन्दप्रसाद श्रेष्ठलाई सदस्यमा चयन गरेका छन् । 

    images

    पूर्वअन्तराष्ट्रिय खेलाडी तथा संघका पूर्वसदस्य एसएसपी अशोक सिंह र पूर्वअन्तर्राष्ट्रिय खेलाडी एवं संघकी सदस्य एवं प्रशिक्षक निरा कायस्थ महासंघको निर्देशकमा मनोनयन भएका छन् । संघका पूर्व सदस्य एवं प्रशिक्षक किरणकुमार खड्कालाई महासंघको निर्देशक र युएसएका लागि महासंघको संयोजकमा, संघका कोषाध्यक्ष सञ्जय नेपाललाई महासंघका निर्देशक तथा अष्ट्रेलिया र न्युजिल्यान्डको संयोजक, नारायणप्रसाद जोशीलाई महासंघको निर्देशक एवं जापानको संयोजकमा तथा सहप्राध्यापक सिद्धार्थराज पाण्डे निर्देशक तथा कोरियाको संयोजकमा मनोनयन भएका छन् ।