आइतबार, भाद्र २८ गते २०८३
images

अफ्रिकी कप : उपाधिका लागि इजिप्ट र सेनेगल भिड्दै, कस्ले मार्ला बाजि ?

एक्सप्रेस पाना
माघ २३, २०७८ आइतबार
  • 555
    SHARES
  • अफ्रिकी कप : उपाधिका लागि इजिप्ट र सेनेगल भिड्दै, कस्ले मार्ला बाजि ?

    एजेन्सी । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिता २०२२ को उपाधि भिडन्त आज हुँदैछ । नेपाली समय अनुसार राति पौने १ बजे हुने खेलमा इजिप्ट र सेनेगल आमने सामने हुँदैछन् ।

    images

    लिभरपुलका दुई  स्टार खेलाडी मोहम्द सलाह र साडियो माने आमने सामने हुन लागेकाले फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । इजिप्टले सेमिफाइनलमा आयोजक टोली क्यामरुनलाई पराजित गर्दै फाइनलमा पुग्दा सेनेगलले बुर्किना फासोलाई पराजित गरेको थियो ।

    इजिप्ट अफ्रिका कप अफ नेशन्सको सर्वाधिक सफल टिम हो । आजको फाइनल जित्दै ८ पटक उपाधि जित्ने लक्ष्यमा हुँदा सेनेगल भने पहिलो उपाधिको खोजीमा रहने छ । यस्तै आजको खेलमा मानेले गोल गरेमा उनी सेनेगलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष  स्थानमा पनि उक्लने छन् ।

    images

    उनले अहिलेसम्म २९ गोल गरेका छन् । सन् १९९९ देखि २००८ सम्म सेनेगलका लागि ९९ क्याप जितेका हेनरी कामरा पनि २९ गोलका साथ शीर्ष स्थानमा रहने छन् । इजिप्टविरुद्ध १ गोल गरेमा माने शीर्ष स्थानमा रहँदा हेनरी कामरा दोस्रो स्थानमा झर्ने छन् । मानेले अहिलेसम्म ८६ क्याप जितेका छन् । जारी प्रतियोगितामा भने मानेले ३ गोल मात्रै गरेका छन् ।