आइतबार, भाद्र २८ गते २०८३
images

ला लिगा : बार्सिलोना र रियल विजयी

एक्सप्रेस पाना
माघ २४, २०७८ सोमबार
  • 408
    SHARES
  • ला लिगा : बार्सिलोना र रियल विजयी

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध सहज जितसँगै क्याटलन क्लब बार्सिलोना लिगाको चौथो स्थानमा उक्लिएको छ । 

    images

    आइतबार राति क्याम्प नोउमा भएको खेलमा १-० ले पछि परेको बार्सिलोनाले १० खेलाडीमा पुनरागमन गर्दै ४-२ को जित निकालेको हो । उक्त जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ भने एट्लेटिको पाँचौ स्थानमा झरेको छ ।

    बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाबी,रोनाल्ड अरौजो र डानी अल्भेसले १-१ गोल गरे । एट्लेटिकोका यान्निक कारास्सो र लुइस स्वारेजले १-१ गोल गरे ।

    images

    खेलको ६९औँ मिनेटमा डानी अल्भेसले रातो कार्डको सामना गर्दा बार्सिलोना १० खेलाडीमा सीमित भएको  थियो । उक्त जितसँगै बार्सिलोनाले २२ खेलबाट ३८ अंक बनाएको छ । एट्लेटिकोको समान खेलबाट ३६ अंक छ । 

    राति  नै भएको खेलमा लिग लिडर रियल मड्रिडले ग्रानडाबिरुद्ध घरेलु मैदानमा १-० को कठिन जित निकाल्यो । रियलको जितमा मार्को एसेन्सियोले ७४औं मिनेटमा निर्णायक गोल गरे । उक्त जितसँगै रियल २३ खेलबाट ५३ अंक सहित शीर्ष स्थानमा यथावत छ । समान खेलबाट २४ अंक बनाएको ग्रानडा १६औँ स्थानमा छ ।